नांगै युरोपमा हालै गुफाहरुको खोज गर्ने एक समूहले गुफाभित्र गएर नांगै फोटोशूट गराएको छ । एक च्यारिटी संस्थाका लागि तयार पारिने क्यालेन्डरमा राख्नका लागि त्यस्ता निर्वस्त्र पोज खिचिएको बताइएको छ ।

उक्त फोटोशूटका दौरान ती नांगा गुफाअध्येताहरुले आफ्नो स्वास्थ्य र सुरक्षाको भने खुबै ध्यान दिएका थिए । बेलायत र फ्रान्सका गुफाहरुमा चट्टानका बीच गएर यो समूहका महिला तथा पुरुष सदस्यहरुले यस्ता नांगा पोज दिएका हुन् । रसीको सहाराले गुफाका चट्टानमा चढ्दै गरेका लगायतका पोज समावेश गरिएका छन् । एक तस्वीरमा महिलाले केवल गमबुट लगाएकी छिन् भने अर्कोमा सबै सदस्य नांगै भएर केवल लाइट भएको हेलमेट मात्र लगाएका देखिन्छन् ।

ढुंगेयुगका जस्ता देखिने यी दृश्य अर्थात् तस्वीरहरु समावेश गरेर एक क्यालेन्डर तयार पारिनेछ, उक्त क्यालेन्डरको मूल्य १० पाउण्ड पर्ने बताइएको छ । त्यसबाट प्राप्त रकम सामाजिक काममा खर्च गरिने उनीहरुको भनाइ छ ।